उपराष्ट्रपति निर्वाचन:  आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

काठमाडौँ । राष्ट्रपति निर्वाचन सकिए लगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्य तालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ ।

आज बिहान ९ः०० बजेदेखि २ः०० बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो । आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ । 

यसैगरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सूचना जारी गर्ने देखि उम्मेदवारको नाम सार्वजनिक गर्ने दाबी विरोध गर्नेसम्मको कार्य तालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ५९ बजे