सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन,उपराष्ट्रपतिमा हान चङ

काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बन्नुभएको छ ।

१४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सी तेस्रो कार्यकालका लागि सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको हो । यसैगरी  पूर्व उपप्रधानमन्त्री हान चङ उपराष्ट्रपति निर्वाचित हुनुभएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पूर्व उपप्रधानमन्त्री हान चङ उपराष्ट्रपति निर्वाचित हुनुभएको हो ।

सी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित हुनुभएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  २ : १० बजे