एमाले अध्यक्ष ओलीले दिनुभयो नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ।

आफ्नो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका पौडेललाई अध्यक्ष ओलीले बधाई दिनुभएको हो  ।

‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएकोमा नेपाली काँग्रेसका नेता एवम् मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ ओलीले बधाई दिँदै भन्नुभएको छ। 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ५४ बजे