राष्ट्रपति निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाइँदै

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदै छ ।

राष्ट्रपति निर्वाचनबाट नेपाली काँग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचित भएको भोलिपल्ट अर्थात् आज मत परिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ३६ बजे