सभामुख घिमिरे आज बहराइन जानुहुने

काठमाडौँ । सभामुख देवराज घिमिरेले आज बहराइन जाने हुनुभएको छ ।

आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे आज बहराइन जान लाग्नुभएको हो । 

सभामुखमा निर्वाचित भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । 

सभामुख घिमिरे नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लाग्नुभएको सङ्घीय संसद् सचिवालयका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी हुनुहुन्छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : ४८ बजे