स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । 

गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो । 

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार आज बिहान ११ बजेदेखि २ः०० बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।

भोलि अर्थात् फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ ।  

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : ४१ बजे