दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालले ७ विकेट लियो, पपुवा न्युगिनी दबावमा

काठमाडौं । विश्वकप लिग- २ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले पकड बनाएको छ ।

खेलको ३२औं ओभरमा सन्दीप लामिछानेले लगातार बलमा विकेट लिएपछि खेल नेपालको पक्षमा मोडिएको हो ।

खेलको ३२.२ ओभरमा सन्दीपले ८ रन बनाएर खेलिरहेका हिराहिरीलाई बोल्ड गरे । लगत्तैको बलमा चाड सोपरलाई आरिफ शेखबाट क्याच आउट गराए । सन्दीप ह्याट्रिकबाट भने चुके । तेस्रो बलमा नोर्मामान भनुआ बिट भएका थिए । तर, बलले स्टम्प छुन सकेन । नेपालका लागि सन्दीपले तीन विकेट लिइसकेका छन् ।

यस्तै दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । नेपालका स्पिनरसामु पीएनजीका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकिरहेका छैनन् । पीएनजीका कप्तान असाद भाला अहिले क्रिजमा संघर्षरत छन् । उनी ५१ बलमा ४१ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार लेख्दासम्म पीएनजीले ७ विकेटको क्षतिमा १५५ रन बनाएको छ । पीएनजीको अन्तिम आशा भालामाथि टिकेको छ । टस हारेर ब्याटिङमा निम्त्याइएको नेपालले २९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ३ : ५७ बजे