राष्ट्रपति निर्वाचन : बुथमा मतदाताले मोबाइल लैजान नपाउने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बानेश्वरस्थित संसद् भवनमा स्थापना भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको हो ।

यसैबीच आयाेगले मतदाताले बुथमा माेबाइल लैजान नपाउने निर्णय गरेकाे छ । 

दलहरूले क्रस भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको हाे ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ६ : ३५ बजे