अहिलेको गठबन्धन केबल कुर्सीकै लागि हाे, अझ धेरै गठबन्धन हेर्न बाँकी छ – नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले अहिलेको गठबन्धन केबल कुर्सीकै लागि भएको बताउनु भएकाे छ।
आज एकीकृत समावादी मोरङले उर्लाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, 'मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।'

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : १३ बजे