साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपालमा पहिलो पटक वातावरणमा पाइने प्राकृतिक रेडियोधर्मीको मापन गरिदैं

धुलिखेल । रोटरी क्लब अफ धुलिखेलले नेपालमा नै पहिलो पटक वातावरणमा पाइने प्राकृतिक रेडियोधर्मीको मापन गरिने भएको छ ।

सो कामको जिम्मा क्लबले नेपाल साइन्टिफिक ल्याबोरेटोरी एन्ड रिसर्च सेन्टरलाई दिएको छ । रिसर्च सेन्टरले सो कामको जिम्मेवारी वैज्ञानिक द्वय राम कार्की र राम चन्द्र भट्टलाई दिएको छ । वैज्ञानिक कार्कीका अनुसार हावामा पाइने रेडियोधर्मी विकिरणको मापन तीन वटा आधुनिक उपकरण Survey metre, Rad Alert 100, र टी एल .डी वाट गरिने जानकारी गराउनु भयो ।

नगरपालिकामा रहेको १४ वटा स्वास्थ्य चौकी, नगर कार्यालय र धुलिखेल अस्पताल लगायत १६ वटा टी. एल. डी ३ महिना समयको लागि नगर – स्वास्थ्य संयोजक सदिप केसी र सरोज थापाको संरक्षणमा जडान गरिएको वैज्ञानिक कार्कीले जानकारी दिनु भयो । वैज्ञानिक भट्टका अनुसार अन्य दुई उपकरणले प्रत्येक वडाको १२ स्थानमा मापन गरिने र सबै यन्त्रबाट छुटा छुटै रिपोट बनाउने बताउनु भयो I ICRP निर्देशिका अनुसार वार्षिक 1 mSv/yr भन्दा माथि वातावरणमा पाइए मानव स्वास्थ्यलाई असर गर्ने र प्राणघातक रोग क्यान्सर रोग लाग्ने वैज्ञानिक कार्कीले भयो। यस अध्ययनको उद्देश्य वातावरणमा विकिरण कति छ, यसले मुटुलाई कति असर गर्छ, क्यान्सरको खतरा कति छ लगायत रहेको वैज्ञानिकले बताउनु भयो ।

रोटरी क्लबका अध्यक्ष जीवनकाजी श्रेष्ठ, समाजसेवी डा. अशोक श्रेष्ठको पहल र सैजन्यमा यो अनुसन्धान गर्न लागेको जानकारी दिनुभयो भयो । स्मरण रहोस्, काभ्रेपलाञ्चोक जिल्ला क्यान्सर सबै भन्दा जोखिममा रहेको जिल्लामा सूचीकृत छु । यदि सरकारले बजेट दिएमा माटो, पानी, तरकारी, फलफूल लगायतको रेडियोधर्मी मापन गरी क्यान्सर जोखिम कम गर्न सकिने कार्कीले बताउनु भयो । यस अध्ययनको रिपोर्ट २०८० असार पहिलो हप्ताभित्रै क्लबलाई बुझाइने जानकारी दिनुभयो।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ०१ बजे