राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार निर्णय लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ । 

राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ । 

राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १२ : ०८ बजे