दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

युएईलाई नेपालले दियो २३० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले युएईलाई २ सय ३० रनको चुनौती दिएको छ। 

दुबई रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको महत्वपूर्ण योगदान गरे। ९९ बल खेलेका उनले ७ चौका हिर्काए। 

कुशल मल्लले ३२ रन जोडे। ३२ बल नै सामना गरेका मल्लले २ छक्का र ४ चौका प्रहार गरे। 

सन्दीप लामिछानेले २७, करण केसीले १७, ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा आसिफ शेख ६, दीपेन्द्रसिंह ऐरीले ४ र कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। आरिफ शेख ४३ र प्रतिस जिसि ११ रनमा अविजित रहे। 

युएईका जुनैद सिद्दिकीले ३, रोहन मुस्तफा र आर्यन लकराले २÷२ तथा कार्थिक मेइयाप्पनले एक विकेट लिए। 

जारी प्रतियोगितामा नेपाल ३१ खेलबाट ३० अंक जाडेर छैटौँ स्थानमा छ। समान खेलबाट एक अंक बढी बनाएको युएई पाँचौ स्थानमा छ। 

अब बाँकी रहने ४ खेल भने मार्च ९ देखि त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् । कीर्तिपुरमा पनि नेपाल, युएई र पपुवा न्यूगिनीबीचको त्रिदेशीय सिरिज हुनेछ । नेपालले लिग टूमा खेल्न बाँकी ५ मध्ये सबै खेल जित्न सके सिधै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ । शीर्ष तीनभित्र पर्न नसके क्वालिफायर खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ३ : १५ बजे