बाबुराम भट्टराईको स्पष्टीकरण: जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम होइन

काठमाडौँ ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालिन मुद्दा अदालतको नियमित काम नभएको बताउनुभएको छ  ।

सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफ्नो हिजोका अभिव्यक्तिमा स्पष्टीकरण दिने त्रmममा सो धारणा राख्नुभएको हो ।  

‘सानो स्पष्टीकरण: बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै  प्रधानमन्त्री छदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, अध्यक्ष भट्टराईले भन्नुभएको छ , ‘तर शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन,  प्रधानमन्त्री प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौँ ।’

गत शुक्रवार सर्वोच्च अदालतले फौजदारी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न सक्ने आदेश दिएपछि अनेक तर्क बिर्तक भइरहेको बेला माओवादी नेताहरूले हिजो त्यसको प्रतिवाद गरेका थिए भने सत्तारुढ ९ दलले जनयुद्धकालिन अर्थात् सङ्क्रमणकालीन मुद्दा अघि बढाउन सत्य निरूपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : २० बजे