दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आइसिसी विश्वकप लिग–२ : युएईसँग नेपालको आज अन्तिम खेल

काठमाडौँ  । जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज युएईको सामना गर्दैछ

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र युएईले एक अर्का विरुद्ध खेल्दा दुवैको लिग–२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लिने छ । 

सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अङ्कमै सीमित हुनु परेको थियो ।

अङ्क तालिका अनुसार युएई पाँचौँ तथा नेपाल चौथो स्थानमा रहेका छन् । आजको खेलमा जित हात पारे नेपालको ३२ अङ्क हुनेछ र नेपाल पाँचौँ स्थानमा उक्लिनेछ ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ७ : ४२ बजे