एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने 

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ ।

एमाले सुदूरपश्चिम संसदीय दलको आज बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

एमाले प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

माघ २६ गते  मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ११ : १० बजे