दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ए डिभिजन लिगमा तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन्। 

अखिल नेपाल फुटबल महासङ्घ(एन्फा)का अनुसार दुई खेल दशरथ रंगाशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदानमा हुनेछ । जसअनुसार दिउँसो साढे २ बजे दशरथ रङ्गशालामा त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा आमनेसामने हुनेछन् भने सोही स्थानमा मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेल जावलाखेल यूथ क्लबसँग भिड्ने छ । यो खेल भने ५ः३० बजे सुरु हुनेछ । 

उता, अपराह्न साढे २ बजे ललितपुरको च्यासल मैदानमा न्युरोड टिम एनआरटी र सातदोबाटो यूथ क्लब एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : ५० बजे