‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लामो समयदेखि बन्द अवस्थामा रहेको सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा

सुन्दरहरैँचा । लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा आएको छ । 

विराट सिने नामबाट उक्त  हल  सञ्चालनमा आएको हो । 

सो हलमा  नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रवारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चिरञ्जीवी बस्नेतले जानकारी दिनुभयो । उहाँले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरुरी छ भन्नुभयो । तीन  लगानीकर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको उहाँले बताउनुभयो । 

सो हलमा एक सय ३० सिट क्षमता  छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गर्नुभएको थियो।

सञ्चालक बस्नेतले भन्नुभयो, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र  त्यो अभावलाई विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ५७ बजे