दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सात लाख २० हजार भारतीय नोटसहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट ठुलो परिमाणको भारतीय नोट सहित दुईजना लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर महानगरपालिका वडा नं–१५ स्थित १ नम्बर ढाट छेउबाट भारतीय रुपैयाँ ७ लाख २० हजार सहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको हरियाणा बहादुरगन्ज बस्ने वर्ष ३० को सन्नी गुप्ता र ४३ वर्षीय सुरेन्द्र कुमारलाई चेकजाँच गर्ने क्रममा प्रहरीले ७ लाख २० हजार सहित नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको उनले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ०१ बजे