दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पीएनजीविरुद्ध नेपालको खराब प्रदर्शन, ६ विकेट गुमायो

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनीविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन जारी राखेको छ । 

२३ ओभरको अन्तिम बलमा नेपालका दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । ऐरी ८ रन जोडेर आउट भएका हुन् । योसँगै नेपालको छैटौँ विकेट पतन भएको छ । 

१८० रनको विजयी लक्ष्य पाएको नेपालले १७.५ ओभरमा पाँचौँ विकेटका आरिफ शेखलाई १ रनमा गुमाएको थियो । त्यिअघि कप्तान रोहित पौडेल १७.१ ओभरमा १ रन जोडेर पभिलियन फर्किएका थिए । रोहित र आरिफलाई आसाद भालाले आउट गरेका थिए ।

यस्तै, भीम सार्की ८ रनमा आउट भएका थिए । सार्कीलाई आसाद भालाले पभिलियन फर्काएका हुन् । यसअघि नेपालले ओपनर ब्याटर कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । पहिलो ओभरको पहिलो बलमै कुशल आउट भएका थिए भने ज्ञानेन्द्र ४.५ ओभरमा ६ रन जोडेर आउट भएका थए । उनीहरू दुवै जनालाई पीएनजीका सेमो कामेयाले नै पभिलियन फर्काएका थिए ।

नेपालले २४ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ७४ रन जोडेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ५ : २९ बजे