सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउने महिलालाई मोतीदेवी स्मृति केन्द्रको सम्मान

काठमाडौं । मोतीदेवी स्मृति केन्द्रले ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरुलाई सम्मान गरेको छ ।

काठमाडौंमा मोतीदेवी स्मृति केन्द्रले शुक्रबार गरेको कार्यक्रममा राजनीतिक, खेल तथा सामाजिक रुपान्तरणका लागि अन्य विभिन्न क्षेत्रमा आफ्नो तर्फबाट योगदान पुर्‍याउने महिलाहरुलाई सम्मान गरेको हो ।

स्मृति केन्द्रकी अध्यक्ष तथा वाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र पूर्वप्रधानमन्त्री केपी ओलीले सम्मानितहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा लाक्पाकुटी शेर्पा, बेटी वज्राचार्य, नीलम केसी, गौरा प्रसाईं, नीलम ताम्राकार, सुशीला श्रेष्ठ, कृष्णा ताम्राकार, सावित्री थापा, नीरकेशरी श्रेष्ठ र सुनमाया बुढालाई सामाजिक रुपान्तरणका लागि योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा नेपालका प्रेरणादायी महिलाहरुको परिचयात्मक जीवनी समेटिएको वृत्तचित्र पनि सार्वजनिक गरिएको थियो । यस्तै पूर्वप्रधानमन्त्री ओलीले प्रेरणादायी महिलाहरु पुस्तकको सातौं अंक लोकार्पण गर्नुभयो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ४ : ३८ बजे