दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाललाई पहिलो सफलता, तेस्रो बलमै सन्दीपले लिए विकेट

काठमाडाैँ । विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ।

स्पिनर सन्दीप लामिछानेले नेपालका लागि पहिलो विकेट लिएका छन्।  उनले पीएनजीका ओपनर किप्लिन डोरीगालाई एलब्डब्लु धरापमा पारेका हुन्। 

पीएनजीका ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे।

सन्दीपले ११ औँ ओभरको तेस्रो बलमा किपलिनलाई एलबीडब्लु धरापमा पार्दै उनीहरुको साझेदारी तोडेका हुन्। 

अहिले क्रिजमा उरा र सेसे बाउ नटआउट छन्। १६ ओभरको समाप्तीमा पीएनजीले १ विकेटको क्षतिमा ६६ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १ : २३ बजे