दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाललाई पाँचौँ झट्का, रोहित,आरिफ र ज्ञानेन्द्र शून्यमै आउट

काठमाडाै‌ँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

एकपछि अर्को विकेट गुमाएसँगै नेपाल पूरै दबाबमा आएको छ । नेपालले पाँचौँ विकेटका रूपमा आरिफ शेखलाई शून्य रनमै गुमाएको हो । यसअघि नेपालका ज्ञानेन्द्र मल्ल र कप्तान रोहितकुमार पौडेल शून्यमै आउट भए । आशिफ शेख १७ र कुशल भुर्तेल पाँच रनमा आउट भए ।

नेपालले १२ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा ६५ रन बनाएको छ । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २०७ रन बनाएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ५ : ०४ बजे