दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

टस हारेसँगै ब्याटिङ गरेको नेपालले खराब सुरुवात गर्दै ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएपछि यूएईले सामान्य चुनौती पाएको हो ।

यू-१९ विश्वकपमा छनोट हुनका लागि निर्णायक खेलमा नेपालले अब १९१ रन डिफेण्ड गर्नुपर्नेछ ।

खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनाले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  २ : ०७ बजे