यस्तो रहेको छ आज फलफूल तथा तरकारीको मूल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अङ्गुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला १०० रुपैयाँ, किवी ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १०० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११०

रुपैयाँ, तोरीको साग २० रुपैयाँ, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ४० रुपैयाँ, भान्टा लाम्चो ७० रुपैयाँ, भिण्डी ११० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ११ : १० बजे