‘एउटै नाउरको सिकार गर्न २३ लाख’

चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा प्रेस चौतारीका समीर बलामी विजयी

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित हुनुभएको छ ।

काठमाडौँमा बुधवार अबेर राति सम्पन्न २३ औँ साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याउनुभएको छ । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

त्यस्तै, उपाध्यक्षमा कुबेर गिरी ८३ मतसहित विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मत प्राप्त गर्नुभयो । 

यसैगरी, उपाध्यक्ष सङ्गठनतर्फ विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी हुनुभयो भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याई विजयी हुँदा प्रदीप कार्कीले ७४ मतमा सीमित हुनुभयो। 

सचिव खुल्लामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित हुनुभएको छ ।  

यसैगरी, सदस्यहरूमा सुष्मा कार्की अनुप भट्टराईलगायत विजयी हुनुभएको छ । 

अध्यक्ष र महासचिवलगायत अधिकांश पदमा नेकपा एमाले निकट प्रेस चौतारी आबद्ध पत्रकार विजयी भएको माधव तिवारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : २९ बजे