दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पृथ्वी शाहले ५६ जनालाई ठगी गरेको सीआईबीको ठहर, ४ वटा मुद्दा चलाउन सुझाव

काठमाडौँ । ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुझाव दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै ब्यूरोले शाह र उनका सहयोगीका कृत्यको तथ्यांकसहित प्रहरीले उक्त मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो । जसअनुसार शाहसहितका व्यक्तिहरूमाथि थप १० वटा उजुरी परेका छन् ।

शाहले ठगी गरि 'स्विफ्ट' मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको देखिएको छ।

उनले सो रकम नेपालका विभिन्न बैंकमा 'डिपोजिट' गरेका थिए। बैंकले उनको १५ लाख ६० हजार ५७७ अमेरिकी डलर 'होल्ड' मा राखेको छ। उनको खातामा ३६ करोड,८६ लाख ६२ हजार १३६ नेपाली रुपैयाँ देखिएको छ।  

उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ।  शाहले गैरकानुनी रुपमा रकम नेपाल भित्राएर विभिन्न कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।

ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी खडा गरेको प्रहरीले जनाएको छ। उनले सो रकम घरजग्गा किन्ने, सुन किन्न र बीमामा समेत लगानी गरेको खुलेको छ।

प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ। प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धानका क्रममा ७ जना पक्राउ परेका छन् भने १३ जनाको खोजी भइरहेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : ३७ बजे