माथिल्लो त्रिशूली-१ को नदी फर्काउने सुरुङ तयार

रसुवा ।प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली(१ जलविद्युत् आयोजनाको निर्माण १४ प्रतिशत सकिएको छ।
 

२०७८ पुसबाट निर्माण शुरू गरिएको आयोजनाले अहिलेसम्म डाइभर्सन सुरुङ, भूमिगत विद्युत्गृह खन्ने काम लगायतमा प्रगति भएको जनाएको छ।आयोजनाको बाँध लगायत संरचना (हेडवर्क्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण शुरू भएकाे  छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : २७ बजे