दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

केपी ओली कप फाइनल: सातदोबाटो र मछिन्द्रबीच प्रतिस्पर्धा हुने

काठमाडौँ  । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो र मच्छिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । 

आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको मच्छिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै फाइनलमा पुगी सातदोबाटो बिच प्रतिस्पर्धा हुन लागेका हो ।

आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्प्लेक्सको खेल मैदामा हुँदै आएको थियो भने फाइनल दशरथ रङ्गशालामा आज हुदैछ । 

नेकपा एमाले निकट युवा सङ्घको आयोजनामा भइरहेको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने छन् ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ३४ बजे