एमालेले छोडेकाे मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मामा

​​​​​​​काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेबाट राजीनामा दिएर खाली भएका आठ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरि तोक्नुभएकाे छ । 

सत्ता गठबन्धनमा नयाँ समीकरण बनेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय लिएसँगै एमालेका आठ मन्त्रीले सोमबार सामुहिक राजीनामा दिनुभएकाे थियाे । 

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरि उप्रेती रहनुभएकाे थियाे । 

योसँगै अहिले प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रलायको जिम्मेवारी सम्हालेका छन् भने अब सरकारमा माओवादी केन्द्रका मात्र मन्त्री रहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  २ : ४७ बजे