‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेत्र अर्यालको शब्द रचनामा नयाँ गीत काटे पलाउँछ सार्वजनिक 

काठमाडौँ ।  पछिल्लो समय दर्शक श्रोताको मन लोभ्याउने शब्द रचना गर्न माहिर सर्जक नेत्र अर्यालको नयाँ सिर्जना मर्मस्पर्शि गीत काटे पलाउँछ सार्वजनिक भएको छ ।

लोक स्वरसम्राट राजु परियार र गायिका मेनुका परीयारको आवाजमा राजु सुनामको सङ्गीत र सङ्गीत संयोजनमा वान.डि.भि. रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड भएको गीतको अडियोलाई एच.बि.एन. किस्मतले मिक्सिङ्ग मास्टरीङ्ग गरेका हुन । 

बियोगान्त कथाबस्तु समेटीएको गीत काटे पलाउँछको म्युजिक भिडियोमा ओम बिकलसंगै साया भण्डारीको अभिनय रहेको छ भने भिडियोलाई शिब बि।क।ले निर्देशन गरेका हुन । रक कौशलको छायाकंन र रबिन बि.क.को सम्पादन रहेको गीतको भिडियो रंगदर्पण युट्युब च्यानलमा सार्वजनिक  भएको छ । काटे पलाउँछ गीतको अडियो भिडियो रिलिज अगावै टिकटकमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो । भिडियोले पनि दर्शकको भरपुर माया पाउने कुरामा निर्माण पक्ष विश्वस्त छ । 

 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  १ : ४४ बजे