राष्ट्रपति निर्वाचन: आज उम्मेदवारको नाम सार्वजनिक हुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएकोका नाम आज सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्य तालिकासँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

गत १३ फागुनमा  नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँहरू विरुद्ध उजुरी आव्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो ।

आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुदैँछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : ४६ बजे