दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मुआथाईमा नेपालका खेलाडी वरुणको थाईल्याण्डमा ह्याट्रिक

काठमाडौँ । नेपालका मुआथाई खेलाडी वरुण घले गुरुङले थाईल्याण्डमा आयोजित मुआथाई प्रतियोगितामा ह्याट्रिक गरेका छन् ।

थाइल्याण्डका मुआथाई खेलाडीलाई हराउने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका गुरुङले लगातार तेस्रो पटक थाई फाइटरलाई हराउँदै ह्याट्रिक गरेका हुन् । 

गुरुङले बैंककमा आयोजित केएटी रोड शो इपिशोडमा किक बक्सिङ रुल्समा थाई फाइटरमाथि टेक्निकल नोकआउट (टिकेओ)मार्फत लगातार तेस्रो जित निकाल्न सफल बनेका छन् । 

नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रूपमा मुआथाई खेल्न सुरु गरेका गुरुङले गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगितामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका थिए । 

यस्तै, थाइल्याण्डको पटायाको म्याक्स मुआथाइ रङ्गशालामा गत माघ २९ गते राती भएको म्याक्स मुआथाई फाइटमा गुरुङले राउण्ड वानको पहिलो ४० सेकेन्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत दोस्रो जित हासिल गरेका थिए । 

नेपालको इरावान मुआथाई फाईट जिममा तालिम र कोचिङ गर्दै आएका उनले हाल थाईल्याण्ड बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । 

इग्ल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ । 

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ६ : ४६ बजे