‘एउटै नाउरको सिकार गर्न २३ लाख’

देश भयानक चेपुवामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले देश आर्थिक र भुराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका छन् । छोटो समय सकारमा रहेर बहिरिएका अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै देश भयानक चेपुवामा परेको बताएका हुन् ।

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री बनेर बाहिरिएका लिङ्देनले देश बनाउन सकिने र बन्ने रहेछ भन्ने कुरा आफूले छोटै समय सत्तामा रहँदा थाहा पाएको बताएका छन् ।

उनले आफुले सरकारमा रहदा बुझेका चारवटा बुँदासमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ भनेर लेखेका छन्। देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ भन्ने उल्लेख गरेका छन्। नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ । देश बनाउन नसकिने र नबन्ने रहेनछ बनाउन सकिन्छ र बन्छ।’

पुस १० मा नेकपा एमालेसहित सात दलको गठबन्धन बनेसँगै सरकारको नेतृत्वमा पुगेका लिङ्देनसहित सबै मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिएर समीकरण बदलिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरु …..,

● कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ।

● देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।

● नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेछ।

● देश बनाउन नसकीने र नबन्ने रहेनछ।

बनाउन सकिन्छ र बन्छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : १२ बजे