परराष्ट्र मन्त्रीको स्थगित भ्रमणबारे एमाले सचिवालय बैठकमा छलफल हुने

काठमाडौं । नेकपा एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ ।

परराष्ट्र मन्त्री डा.विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ः०० बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने सचिवालय बैठकमा उक्त विषयमा एमाले छलफल गर्न लागेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएपछि बैठक बस्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पूर्व कानुन मन्त्री हरि बन्दीलाई जेनेभा पठाएपछि प्रधानमन्त्रीसँग एमालेको थप तिक्तता बढेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : १९ बजे