एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः०० बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । 

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ८ : २८ बजे