कलाकार पल शाह आज जेलमुक्त हुँदै (आदेश पत्रसहित)

​​​​​​​काठमाडौँ। एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् । 

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिएपछि कलाकार शाह आज छुट्न लागेका हुन । 

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालत पोखरालेले अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । उच्च अदालत पोखरामा न्यायाधीश द्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनी विरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको विरुद्ध उनी उच्च अदालत गएका थिए । 

यसअघि, उनले तनहुँ जिल्ला अदालतबाट सफाइ पाई सकेका छन् । नाबालिग माथि बलात्कार गरेको आरोपमा उनी गत वर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथि झुटा मुद्दा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिन।  

उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परीक्षण गरी तनहुँ जिल्ला अदालतबाट छुट्ने तनहुँ कारागार प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : २१ बजे