राष्ट्रपति निर्वाचन: कसको जित, कसको हार?

आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली राजनीतिमा अनौठो किस्ताबन्दी सुरु भएको छ । आलङ्कारिक राष्ट्रपति पदको निर्वाचनमा विगतमा यस्तो कहिल्यै भएको थिएन । प्रथम राष्ट्रपतिको निर्वाचनमा सुरुमा माओवादीले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न सहयोग गर्ने बचन दिए पनि प्रचण्डले आफू प्रधानमन्त्री बनेपछि आफ्नै उम्मेदवार खडा गरेका थिए । वाम विभाजनको फाइदा लिएर निर्वाचित रामवरण यादवले कटुवाल प्रकरणमा प्रचण्डको हुर्मत लिए । अर्थात् गिरिजाप्रसाद कोइरालालाई दिएको धोका नौ महिनामै आफैँतिर फर्कियो । प्रचण्डको त्यो बेलाको बढी चलखेलको परिणामस्वरूप प्रथम राष्ट्रपति नेपाली काँग्रेसको ढोक्सामा पर्‍यो आफ्नो सत्ता पनि गुम्यो ।

तेस्रो राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डको अस्वाभाविक चलखेलले सबभन्दा बढी नोक्सान संसद्को तेस्रो पार्टी माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै हुने देखिन्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन बनेको सात दलीय गठबन्धनको सहमतिमा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने भन्ने थियो । प्रचण्डको राष्ट्रिय सहमतिको रटानले माओवादी केन्द्रले पाएको उपराष्ट्रपति पद गुमिसकेको छ भने राष्ट्रपतिको निर्वाचनपछि प्रचण्डले प्रधानमन्त्री पद पनि गुमाउने छन् किनभने प्रचण्डको चटके र अविश्वसनीय ‘अग्रगामी छलाङ’सँग एमाले मात्र होइन, काँग्रेस समेत हैरान छ । नेपाली काँग्रेसको आफ्नो सफलता वाम विभाजनमा मात्र देखेको हुनाले प्रचण्ड र माधव नेपाललाई आफ्नो ग्रिपमा राखेको हो । एमालेको राष्ट्रव्यापी सुदृढ सङ्गठन र बढ्दो लोकप्रियतासँग डराएर उसले प्रचण्डको सात खत माफ गरिरहेको छ । राष्ट्रपतिको निर्वाचनमा प्रचण्ड र नेपालको उपयोग गरेपछि काँग्रेसको भूमिका फरक हुनेछ र प्रचण्ड नै काँग्रेसको पहिलो निसानामा पर्नेछन् । त्यस कारण राष्ट्रपति निर्वाचनको यो गेममा सबभन्दा बढी गुमाउने प्रचण्ड हुने भएका छन् ।

तेस्रो राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डको अस्वाभाविक चलखेलले सबभन्दा बढी नोक्सान संसद्को तेस्रो पार्टी माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै हुने देखिन्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन बनेको सात दलीय गठबन्धनको सहमतिमा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने भन्ने थियो । प्रचण्डको राष्ट्रिय सहमतिको रटानले माओवादी केन्द्रले पाएको उपराष्ट्रपति पद गुमिसकेको छ  ।

​​​​​​​

राष्ट्रपति निर्वाचन प्रकरणमा दोस्रो धेरै गुमाउनेमा माधव नेपाल परेका छन् । पटक-पटक प्रचण्डको पुलपुल्याइमा परेका माधव नेपाललाई नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओलीले पार्टी एकता गर्ने र माधव नेपाल वाम सहमतिको राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि भगीरथ प्रयत्न गरेर नेपाली काँग्रेसले माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बन्नबाट रोक्न सफल भयो । हाताहाती राष्ट्रपति पाइसकेका माधव नेपाल प्रधानमन्त्रीको उधारो आश्वासनमा भुलिए । अब माधव नेपाललाई न राष्ट्रपति, न प्रधानमन्त्री । हात लाग्यो शून्य ।

हिजो एमालेमा आफ्नो अपमान भयो भनेर छुट्टिएका माधव नेपाललाई राष्ट्रपतिको पद अफर गरेर एमालेले माधव नेपाललाई भूतो न भविश्यति सम्मान दिएको थियो । एकीकृत भइसकेको नेकपाबाट अकारण भागेका प्रचण्डलाई बार्दलीमा बोलाएर प्रधानमन्त्री पद सुम्पिएको थियो ।

प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई राष्ट्रपति बनाउन एमालेलाई कुनै बाध्यता थिएन । बरु प्रचण्ड र माधव नेपालको खस्किएको साख जोगाएर पुनः वाम सहकार्यमा फर्काउने इमानदार प्रयास थियो । यो के पी शर्मा ओलीको सदाशयता थियो, दूर दृष्टि थियो । नेपाली काँग्रेस र उसले प्रतिनिधित्व गर्ने समाजवाद विरोधी शक्ति केन्द्रको भुलभुलैयाबाट प्रचण्ड र माधवलाई निकाल्ने योजना थियो । उनीहरूलाई विगतको गौरवशाली परम्परा र कम्युनिष्ट लक्ष्मण रेखाभित्र समेट्ने सतत प्रयास थियो ।

राष्ट्रपति निर्वाचन प्रकरणमा दोस्रो धेरै गुमाउनेमा माधव नेपाल परेका छन् । पटक-पटक प्रचण्डको पुलपुल्याइमा परेका माधव नेपाललाई नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओलीले पार्टी एकता गर्ने र माधव नेपाल वाम सहमतिको राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि भगीरथ प्रयत्न गरेर नेपाली काँग्रेसले माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बन्नबाट रोक्न सफल भयो । हाताहाती राष्ट्रपति पाइसकेका माधव नेपाल प्रधानमन्त्रीको उधारो आश्वासनमा भुलिए । अब माधव नेपाललाई न राष्ट्रपति, न प्रधानमन्त्री । हात लाग्यो शून्य ।

जसले जतिसुकै आलोचना गरून्, देशमा विभिन्न दलदलमा फसेका वामपन्थी शक्ति र व्यक्तिलाई एकताबद्ध बनाउन योजनाबद्ध ढङ्गले अघि बढ्ने नेता के पी शर्मा ओली नै हुन् । प्रतिक्रियावादी शक्तिका प्रिय पात्र प्रचण्ड र माधव नेपालभन्दा उनीहरूको तारोमा परेका के पी शर्मा ओली सच्चा कम्युनिष्ट नेता हुन् भन्ने पुष्टि बारम्बार भएको छ ।

आसन्न राष्ट्रपतिको निर्वाचनमा वामपन्थी शक्ति र दक्षिणपन्थी शक्तिको बीचमा भाले भिडन्त हुँदै छ । भन्न परोइन, सुवास नेम्वाङ र रामचन्द्र पौडेल श्रमजीवी वर्ग र दलाल पुँजीपति वर्गका प्रतिनिधि हुन् । आफूलाई कम्युनिष्ट वा वामपन्थी वा समाजवादी भन्नेहरूले आफ्नो वर्ग बिर्सेर सरासर प्रतिक्रियावादी कित्तामा उभिनु श्रमजीवी वर्गप्रतिको अक्षम्य धोका हो । दक्षिणपन्थी अवसरवाद हो ।

अवसरवादबारे एङगेल्स् भन्छन्-‘महान् लक्ष्यलाई बिर्सनु,दैनन्दिनका क्षणिक स्वार्थमा मुख्य ध्यान दिनु,पछिको परिणाम जेसुकै होस्,क्षणिक सफलताका लागि मरिहत्ते गर्नु,वर्तमानका लागि भविष्यको बलिदान दिनु। यो अवसरवाद हो, भलै यो बाहिर देखिँदा ‘इमानदार’ किन नदेखियोस्।‘

हिजो एमालेमा आफ्नो अपमान भयो भनेर छुट्टिएका माधव नेपाललाई राष्ट्रपतिको पद अफर गरेर एमालेले माधव नेपाललाई भूतो न भविश्यति सम्मान दिएको थियो । एकीकृत भइसकेको नेकपाबाट अकारण भागेका प्रचण्डलाई बार्दलीमा बोलाएर प्रधानमन्त्री पद सुम्पिएको थियो ।

साबिक नेकपामा आलोपालो प्रधानमन्त्रीको जिरह गरेका प्रचण्डलाई प्रधानमन्त्री बनाएका र अपमान भयो भनेर भागेका माधव नेपाललाई देशको सर्वोच्च पद राष्ट्रपतिको माला लगाउन चाहेका ओलीले यो गेम जितिसकेका छन् । साबिक नेकपा विभाजनताका आफूमाथि लागेका आरोपबाट ओली पूर्ण रूपले मुक्त भएका छन् । फागुन २५ गते अगावै प्रचण्ड र माधव पनि सम्हालिन सके सबैको जित र हित हुनेछ । अझै समय घर्किसकेको छैन ।

नेकपाका संस्थापक महासचिव पुष्पलाललाई देशभित्र मर्न दिइएन, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई हस्पिटलको बेडबाटै सत्ता च्युत गरियो, जनताको बहुदलीय जनवादी विचारको प्रतिपादन गरेर लोकप्रियताको शिखरमा पुगेका मदन भण्डारीको हत्या गरियो, नेपालको नक्सा विस्तार गर्ने के पी शर्मा ओलीलाई देशी विदेशी प्रतिक्रियावादी शक्तिले घेराबन्दीमा पारेर सत्ताच्यूत गर्‍यो । यो देख्दादेख्दै कमरेड प्रचण्ड र कमरेड माधव नेपाल सोही शक्ति र उनै पात्रको भुलभुलैया र आश्वासनमा कति दिन रमाइरहने?

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ०९ बजे