पोखरा । उच्च अदालत पोखरामा कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।
उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको हो ।
आजै आदेश आउन सक्ने सम्भावना रहेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार ६ : ०५ बजे
प्रतिक्रिया