मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ४ घाइते

जनकपुरधाम । धनुषामा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषका अनुसार मृत्यु हुनेमा सबैला नगरपालिका अमरखानाका २३ वर्षीय अजयकुमार यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जनाकारी दिनुभयो । 

उक्त दुर्घटनामा सबैला नगरपालिका–७ का जितु ठाकुर बरही र सोही नगरपालिका–५ सुरज मण्डलको अवस्था गम्भीर छ भने सोही दुर्घटनामा घाइते भएका सबैला नगरपालिका–१० का मनोज यादव र रवीन्द्र मण्डलको अवस्था भने सामान्य रुहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ०३ बजे