‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ढोक्सामा जाल!!!

चाहे धमिलो होस्

अथवा, — सङ्लो ।

चाहे नदि होस्

अथवा, — समुन्द्र ।

माछालाई बाच्न पानी नै चाहिन्छ

चाहे जाल होस्

अथवा, — महाजाल ।

चाहे बल्छी होस्

अथवा, — ढडिया ।

माछा मार्न ढोक्सा नै चाहिन्छ

चाहे माछा सानो रहोस्

अथवा, — ठूलो ।

चाहे चलाख होस्

अथवा, — सुस्त ।

ढोक्सामा परेपछी नै त्यसको नापतौल हुन्छ।

उत्तरी हिमाली भेगबाट होस्

अथवा, – दक्षिणि कोणबाट

माछा समाउन हुन्छन भेला ।

कोही ढुकेर थाप्छन बल्छी

कोहि लुकेर धाउछन खोला।

— ० —

द्रष्टव्य :-

नदीनाला प्रशस्त छन्

रङ्गिबिरङ्गी माछा।

बुद्धि नपुर्‍याइ खोला छेक्दा

पानी नै सुकेर जाला ।।

२०७९/११/१३…….

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : ४२ बजे