राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । 

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा उपाध्यक्ष नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।  उपाध्यक्ष नेम्वाङले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुहुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ११ : २२ बजे