समसामयिक राजनीति घटनाक्रमका बारेमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै 

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रास रुट’, समसामयिक राजनीति, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार सचिवालय बैठकबाट गठबन्धनको  भविष्यका बारेमा नयाँ निर्णय लिइनेछ । 

उहाँका अनुसार बैठक आज बिहान ९ः०० बजे च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । 

राष्ट्रपति निर्वाचनका लागि शनिवार नै उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रपतिको निर्वाचन भने फागुन २५ मा हुँदै छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ०९ बजे