दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

केपी ओली कप : पेनाल्टिमा न्यूराेडलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडाैं । केपी ओली कप २०७९ काे आज भएकाे पहिलाे खेलमा त्रिभुवन आर्मी क्लबले न्यूराेड टिमलाई टाई ब्रेकरमा हराएकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पहिलो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

फरवार्ड लालमिन्जामाले दीपेश आले मगरसँग वान्–टू पास खेल्दै पेनाल्टी एरिया भित्रबाट उत्कृष्ट प्रहार गर्दै खेलकाे ३२औं मिनेटमा उत्कृष्ट गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको आर्मीले खेलकाे ५३औं मिनेटमा जगजित श्रेष्ठको फ्रि–किकमा दीपक राईले गरेकाे हेडर बल पोलमा ठोकिएर एनआरटीका कप्तान विक्रम धिमाललाई लागेर गोलमा परिणत भएको थियो। 

दुबै टिमले केहि अवसर बुने पनि निर्धारित समयमा कुनै गाेल गर्न नसक्दा  खेल टाईब्रेकरमा गएकाे थियाे ।

पेनाल्टी सुटआउटमा आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकाश खवास, पदम कुमार तामाङ र नवयुग श्रेष्ठ पाँचै जनाले गोल गरेका थिए भने एनआरटीका एनिसेन्ट बोमी, लालमिन्जामा, निकोलस सोङ र विक्रम धिमालले गोल गर्दा स्टेफन जुनियर चुकेका थिए ।

आर्मीले बिहीबार भएको उद्घाटन खेलको विजेता सातदोबाटो युथ क्लबसँग फाइनल प्रवेशका लागि सेमिफाइनलमा खेल्ने छ ।

आजै हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबकाे खेल जारी छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ३ : ४५ बजे