पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापाको दमक नगरपालिका ४ का ३० वर्षीय विशाल सिटौला रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो । मे १ च ४१७१ नम्बरको पिकअप भ्यानले मे ७ प ७५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटना लगतै चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : २९ बजे