बालुवाटारमा चार दलका शीर्ष नेताको बैठक जारी

काठमाडौँ  । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक बालुवाटारमा जारी छ ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरुबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकोको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेतृत्वको उपस्थिति रहेको छ ।

नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रूपमा अघि सारेको छ भने काँग्रेसले पनि सो पद आफ्नो पार्टीलाई दिनुपर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको हो । 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : २१ बजे