राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौँ  । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ । 

मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको हो । आयोगको कार्य तालिका अनुसार भोलि (शनिवार)उम्मेदवारी दर्ता हुनेछ । 

राष्ट्रपतिका लागि फागुन २५ गते मतदान हुनेछ ।  

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ३८ बजे