अर्थमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गर्नुभएकाे छ । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उहाँ भारत जानुभएकाे हाे। 

भारतले अध्यक्षता गरेकाे जी २० काे सम्मेलनमा नेपाललाई भाग लिन औपचािरक निमन्त्रणा गरेकाे थियाे । साेही कारण उहाँ सम्मेलनमा भाग लिन जान लाग्नुभएकाे हाे । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेङ्गलाेरमा हुँदैछ । जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायतका राष्ट्रहरु सदस्य छन् ।

अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ३ : २९ बजे