आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रथम केपी ओली राष्ट्रिय च्याम्पियन कप आजबाट

काठमाडौँ । प्रथम केपी ओली  राष्ट्रिय फुटबल च्याम्पियनसिप कप आजदेखि सुरु हुँदै छ । 

आजको पहिलो पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो यूथ क्लब भिड्ने आयोजकले जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ ।  

प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ७२औँ जन्म दिवसको अवसर पारेर फुटबल च्याम्पियन सुरु गरिएको हो । यसअघि, सो च्याम्पियनका लागि ट्रफि सार्वजनिक गरिएको थियो भने नेता भर्सेज कलाकार बिच मैत्रीपूर्ण प्रतिस्पर्धा पनि गरिएको थियो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ५२ बजे