दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

श्रीमतीसँग आपत्तिजनक अवस्थामा भेटेपछि छोराले गरे बाबुको हत्या

कपिलवस्तु । आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

पक्राउ परेका छोराले आफ्नो बुबा आफ्नी श्रीमतीसँग आपत्तिजनक अवस्थामा देखपछि हत्या गरेको बयान दिएका छन् । 

शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने वर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधवार बिहान पासी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरी घटनास्थलमा पुग्दा घटनास्थल शङ्कास्पद देखेपछि अनुसन्धान सुरु गरेको र हत्यामा संलग्न मृतकको छोरा वर्ष ३० को मग्निराम पासी र बुहारी वर्ष २६ कि मिमा पासीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मङ्गलवार बिहान ११ बजे खाना खान घरमा आएको समयमा आफ्नो बुबा र श्रीमतीलाई नग्न अवस्थामा देखे पश्चात् बाबुको हत्या गरेको र सोही दिन राती ११ बजे डोरीमा बाँधी झुन्ड्याएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख  कपिल जगं साहीले जानकारी दिनुभयो । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ३६ बजे