पार्टीका नेतासहित देउवा निवास पुगे माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुग्नुभएकाे छ  ।

बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसाल लिएर धुम्बाराहीस्थित देउवा निवास पुग्नु भएकाे हाे । 

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै नेताहरुको दौडधुप बढेको छ । नेता नेपालले बुधबार नै पार्टीको सचिवालय बैठकमा आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको सुनाउनुभएकाे थियाे । 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ०६ बजे